
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिको अध्यक्षमा खड्गराज गिरी सर्वसम्मत चयन भएका छन् ।
बिर्तामोडमा आज आइतवार भएको विशेष चौथो नगर अधिवेशनबाट अध्यक्षमा खड्गराज चयन भएका हुन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा खेमराज गिरी, उपाध्यक्षमा सम्झना पुरी (गिरी), सचिवमा धनबहादुर पुरी (प्रजित), सह–सचिवमा बिनोद गिरी (बद्री) र कोषाध्यक्षमा बिदुर गिरी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा रणबहादुर गिरी, पद्मादेवी पुरी (पुनम), विश्वनाथ बन, हरि गिरी चयन भएका छन् ।

अध्यक्ष खड्गराज गिरी
कार्यक्रमकामा अक्षयकोष सञ्चालन तथा ब्यवस्थापन समितिसमेत सार्वजनिक गरिएको छ । नेपाल दशनामी समाजका कोशी प्रदेश सहसचिव तथा बिर्तामोड नगर सल्लाहकार उमेश भारतीले नगर समिति र अक्षयकोष सञ्चालन तथा ब्यवस्थापन समितिको घोषणा गरेका हुन् ।
उक्त समितिको संयोजकमा अर्जुन गिरी, सदस्यमा नरनाथ गिरी, खड्गराज गिरी, सम्झना पुरी (गिरी), र बिदुर गिरी रहेका छन् । उक्त अक्षयकोषमा ११ जनाले जनही ५० हजार रुपैयाँका दरले सहयोग गरेका छन् ।
सोही कार्यक्रममा समाजका कोशी प्रदेश सहसचिव तथा नगर सल्लाहकार उमेश भारतीले नगर समितिलाई हरेक कुरामा समन्वयको भुमिका खेल्दै सहयोग गरेको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको थियो ।
त्यस्तै नगर समितिको कार्यालयका लागि फर्निचर खरिद गर्न सहयोग गर्ने खड्गराज गिरी र धनबहादुर पुरी (प्रजित)लाई सम्मान गरिएको थियो ।
त्यस्तैै फर्निचर सहयोग गर्ने बिर्तामोड अनलाइन सोफाका सञ्चालक खड्ग थापालाई सम्मान गरिएको थियो । उनीहरुलाइई प्रमुख अतिथि गोबिन्द विक्रम गिरीले सम्मान गरेका थिए ।
बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
नव निर्वाचित नगर समितिलाई प्रमुख अतिथि गोबिन्दबिक्रम गिरीले सपथ ग्रहण गराएका थिए ।
स्वागत नगर समिति सदस्य खेमराज गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, विशिष्ठ अतिथि समाजका कोशी प्रदेश सहसचिव उमेश भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए ।