
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गर्नुभएको छ । राष्ट्रपति पौडेलले आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न थाल्नुभएको हो ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान बसेको बैठकले आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।