
काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका नेताहरुसँग छलफल गर्दैछन् ।
दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल राखिएको छ । छलफलमा कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ ।