
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार (आज) बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘समसामयिक राजनीतिक विषयबारे संसदीय दलका नेताले सांसदहरूलाई मार्गनिर्देश गर्ने कार्यसूची रहेको छ,’ बर्तौलाले भने, ‘बजेट अधिवेशन भएकाले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न दलका नेताले निर्देशन दिनुहुनेछ।’
संसदको बर्खे अधिवेशन आजबाट सुरू हुँदैछ। संसद अधिवेशनको पहिलो दिन शुक्रबार शीर्ष नेताहरूले बोल्ने कार्यसूची रहेको छ।