२०८१ फागुन १३, मङ्गलवार , ०८:४९:१४ बजे

Sajhamanch
'

झापाको राजगढबाट चोरेर भाग्दाभाग्दै एक जना पक्राउ

शुक्रवार, चैत २३, २०८०

बिर्तामोड । झापाको बाह्रदशीबाट प्रहरीले चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर–७ का २६ वर्षीय मुकेश कामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहानको राति १ः३० बजे बाह्रदशी–२ जनता बजार डेरा गरी बस्दै आएका भारत किसनगञ्ज घनतोला–६ का उमाशंकर गिरीको कोठाको झ्याल खोलेर कोठाभित्र पसेर २ थान मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा मुकेशलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट पर्स एक थान, नगद नेरु २८५, भारु पैसा ५० रुपैयाँ, बाइकको चाबी एक थान, मोबाइल तीन थान, कानमा लाउने सुनजस्तो देखिने धातु गहना नौ थान, फलामको कुटो एक थान बरामद गरेको छ ।

सम्बन्धित खबर