
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
मेचीनगर–६ का बर्मेली टोलका ५२ वर्षीय श्यामनाथ बञ्जारा आफ्नै घरको सिडीको माथि रहेको भेन्टिलेसनमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान आफ्न्तले देखेर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।