२०८१ फागुन १२, सोमवार , ०७:१७:०२ बजे

Sajhamanch
'

उपचुनावको लागि कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेन, आज फेरि बैठक

बुधवार, चैत २१, २०८०

काठमाडौं । वैशाख १५ गते हुने उपचुनावको लागि नेपाली कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपचुनावमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न हिजो बैठक बसे पनि उम्मेदवार चयन गर्न नसकेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा सहित संस्थापन पक्षले तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पराजित डम्बर खड्कालाई नै मौका दिनुपर्ने प्रस्ताव गरेको छ । अर्को पक्षले भने भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडान लिएको छ । दुवै पक्षले आआफ्नो अडान नछाडेपछि बैठक विनानिष्कर्ष टुङ्गिएको हो ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच आज छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने बताउनुभएको छ । उहाँका अनुसार उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो फेरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ । निर्वाचन आयोगले उपचुनावका लागि आउँदो २४ गते उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकेको छ ।

एमाले, रास्वपा, राप्रपा लगायतका दलहरुले पार्टीको उम्मेदवार टुङ्गो लगाएर प्रचार अभियान थालिसकेका छन् ।

सम्बन्धित खबर