२०८१ कार्तिक ३०, शुक्रवार , ०१:०९:३४ बजे

Sajhamanch
'

आदर्श साकोस दूधेद्वारा सदस्यलाई सहकारी शिक्षा

शनिवार, चैत १०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाले बोलोचोक सेवा केन्द्रका सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ ।

संस्थाले शिवसताक्षी ५ स्थित सूर्योदय आधारभूत विद्यालयमा सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको हो ।

सदस्यहरुलाई सहकारीको महत्व, बचत तथा ऋणको परिचालन लगायतका विषयमा सहकारी शिक्षा प्रदान गरिएकोे संस्थाले जनाएको छ ।

सहकारीले ग्रामिण क्षेत्रका सदस्यलाई प्राथमिकतामा राखेर सहकारी शिक्षा प्रदान गरेको आदर्श बचत तथा ऋण सहकारी संस्थाका सचिव यादवप्रसाद घिमिरेले जानकारी दिए । उनले संस्थाको समग्र चर्चा सँगै र बचत किन केका लागि गर्ने भन्ने विषयमा सहकजीकरण गरेका थिए । त्यस्तै सहकारीको हालसम्मको वित्तीय अवस्थाका बारेमा संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी गराए । शिक्षा समिति सयोजक लोकमणी गौतमले सहकारी के हो, त्यसको सिद्धान्त, मुल्य र मान्यताको विषय साथ, सहकारी र बैंक बीचको फरक लगायतका विविध विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रम सञ्चालक समिति सदस्य तथा बोलोचोक सेवा केन्द्रका संयोजक देवीप्रसाद तुम्पाबो (दर्शन)को अध्यक्षतामा भएको थियो भने, सञ्चालन बोलोचोक सेवा केन्द्रका व्यवस्थापक सन्जय तिम्सिनाले गरेका थिए।

शनिवार, चैत १०, २०८० | सहकारी

सम्बन्धित खबर