२०८१ मंसिर १०, सोमवार , ११:३१:३६ बजे

Sajhamanch
'

शिवसताक्षीका अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमुलक तालिम

मङ्गलवार, फागुन २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई पाँच दिवशीय सीपमुलक तालिम दिन सुरु गरिएको छ । । शिवसताक्षीको चन्द्रडाँगी स्थित वडा नं ७ को कार्यालयमा अपङ्गगता भएका व्यक्तीहरुलाई अम्लिसोको कुचो बाट्ने तालिम दिइएको हो ।

तालिममा नगरका ५० जना अपाङ्गता भएको व्यक्तीहरुले सहभागिता जनाएका छन् । तालिम शुक्रबारबाट सुरु भएको छ र पाँच दिनसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । तालिममको उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि कुनै न कुनै माध्यमबाट आत्मनिर्भर बनाउन उहाँले गर्न सक्ने कामको तालिम दिइएको बताइन् । उहाँहरु हिड्डुल गर्न सक्नु हुन्न । उनले भनिन् बसेर गर्ने खालका कामहरुमा गर्न प्रोत्साहन गर्दै कुचो बनाउने तालिम दिइएको हो । घरका परिवारहरुले वा जो कोहीले पनि अम्लिसो उपलब् ध गराईदिए भने उहाँहरुले बसेर कुचो बनाउने काम गर्न सक्नुहुने उपप्रमुख कार्कीको भनाई छ ।

तालिममा वडा नं ४ का वडाध्यक्ष विष्णु प्रसाईले अहिले पनि धेरै मानिसहरुले पहाडबाट अम्लिसो झिकाई कुचो बनाउने विक्री वितरण गर्ने गरेको बताए । उनले कुचो बनाउन बसेर गर्न सकिने भएकाले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई यस प्रकारको काम प्रभावकारी बन्ने अपेक्षा गरिएको बताए ।

तालिममा उद्घाटनमा वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की उपस्थिति रहेको थियो भने तालिम शिवसताक्षी नगरपालिकाको वित्तीय सहयोगमा समावेशी अपाङ्गता समितिले आयोजनामा गरेको हो ।

मङ्गलवार, फागुन २९, २०८० | विविधा, समाज

सम्बन्धित खबर