
काठमाडौँ । टी–२० त्रिकोणात्मक सिरिजको फाइनलका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ः३० बजे सुरु हुनेछ। आजको खेलमा दुबै टोली जितसहित सिरिज आफ्नो नाममा गर्न चाहन्छ।
सिरिजको सुरुआती खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि पछिल्ला २ खेलमा गरेको कम ब्याकले सिरिजमाथि नेपालले जित हात पार्न सक्ने सम्भावना छ। तर, उसको प्रतिद्वन्द्वी नेदरल्यान्ड्स पनि बलियो टिम भएकाले सहज भने हुने छैन।
४ खेलमा नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो। नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बनेर फाइनल रेसबाट बाहिरि सकेको छ।