
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ ।
छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् ।
वर्तमान सत्ता गठबन्धन परिवर्तन गरी एमाले, माओवादी, रास्वपा, जसपासहितको नयाँ गठबन्धन बनेको छ । यद्यपि, यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।