काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार आफै अधिनायकवादी र तानाशाह रहेको बताएका छन् ।
आइतबार देशको आर्थिक अवस्थाबारे विज्ञहरूसँगको छलफलमा अध्यक्ष ओलीले अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै नबुझेको पनि बताए ।
‘यो सरकारले शक्ति पृथकीकरणको सिद्धान्त नै बुझ्दैन भने यसले कसरी डेमोक्रेसी कहाँ बुझ्यो ?’, ओलीको प्रश्न छ ।
उनले डेमोक्रेसी नबुझ्ने सरकार आफै अधिनायकवादी र तानाशाह भएको टिप्पणी गरे ।