
वीरेन्द्रनगर । वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख नौमुले गाउँपालिका-८ बस्ने वर्ष ५१ का दीपबहादुर चन्द रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार वीरेन्द्रनगर-६ स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर चन्दको मृत्यु भएको हो।
शव पोष्टमार्टमका लागि प्रदेश अस्पतालमा लगिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।