२०८२ जेठ ३, शुक्रवार , ०१:४३:०१ बजे

Sajhamanch
'

जनकपुरमा स्कुल बसको ठक्करबाट महिलाको मृत्युपछि तनाव

आइतवार, फागुन २०, २०८०

जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएपछि अवस्था तनावग्रस्त छ ।

जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भएको छ । अन्य ६ जना घाइते छन् ।

स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भएको छ ।

स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । त्यसक्रममा करिब आधा दर्जन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर