२०८१ माघ १८, शुक्रवार , १०:३१:१४ बजे

Sajhamanch
'

ऐतिहासिक चिल्लागढ धाममा धार्मिक अनुष्ठानसहित मेला लाग्ने

आइतवार, फागुन २०, २०८०

शिवसताक्षी । पूर्वकै प्रसिद्ध तीर्थस्थल तथा धार्मिक क्षेत्र चिल्लागढधामको प्रचार प्रसारका लागि मेलाको आयोजना गरिने भएको छ ।

चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिले पाँच हजार वर्ष अघिको इतिहास धाम प्रचारको कमीले ओझेलमा परेको भन्दै शिवरात्रीको अवसरमा धार्मिक अनुष्ठान सहित मेलाको आयोजना गरेको छ ।

चिल्लागढ धाम ऐतिहासिक रुपमा पाँच पाण्डपहरुले यज्ञ कुण्ड बनाएर हवन गरेको किंवदन्ती रहेको चिल्लाघाढधामका पूर्व सचिव विष्णुप्रसाद खतिवडाले जानकारी दिए । यो क्षेत्रमा पाँच हजार वर्ष पुरानो हो । केही समय छेउमा रहेको कनकाई माइको कटानबाट प्रभावित बन्यो । अन्य धार्मिक क्षेत्र भन्दा पुरानो किन्वदन्ती बोको यस क्षेत्र गुम्नाम बन्नु दुःखत पक्ष रहेको उनले बताए ।

उनका अनुसार यस क्षेत्रमा ६ कुइटलको प्राकृतिक शिवलिङ्ग रहेको छ । पुराना मन्दिरहरुको पुरानै ढाँचामा संरक्षण गरिएको उनको भनाई थियो । यस क्षेत्रको बारेमा महारातकालिन इतिहासमा पनि पढ्न सकिने धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

ग्रामिण क्षेत्रमा रहेको र थप प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकहरुले समेत यस स्थानमा घुम्न र पुजाका लागि कमै मात्रमा आउने गरेका कारण अघिल्लो वर्ष झै यस वर्ष फागुन २४,२५ र २६ गते ३ दिनसम्म धार्मिक मेला गाइदै आएको ऐतिहासिक चिल्लागढ धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष शिशिर तुम्वापोले जानकारी दिए ।

आगामी फागुन २४ गतेदेखि २६ गतेसम्म हुने यस ऐतिहासिक महाशिवरात्री मेलामा नेपाल तथा भारतबाट समेत भक्तजनहरु मेला भर्न र पुजा गर्न आउने र राष्ट्रिय कलाकारहरु दिपक लिम्बु, रचना रिमाल लगायातले आफ्नो प्रस्तुति दिइने मेला आयोजक समितिले जनाएको छ ।

ऐतिहासिक चिल्लागढ पोखरी पहिले २६ बिगाह क्षेत्रमा रहेको भएपनि मासिएर अहिले ३ विगाह क्षेत्रलाई मात्रै घृेराबारा गरि संररक्षण गरिराखिएको तथा शिव मन्दिर, सिताराम बन्दिर तथा किरात धर्मको समेत मन्दिरहरु र देशकै ठुलो दावी गरिएको प्राकृतिक शिवलिङ्ग यस धामका आकर्षकको केन्द्र रहेको तथा यस क्षेत्रमा रहेको र १४ कठ्ठा क्षेत्रफलमा रहेको ऐतिहासिक हवन पोखरी समेत रहेको अध्यक्ष बताए ।


मेला सफल बनाउन विभिन्न उपसमितिहरु समेत निर्माण गरिसकिएको छ, भने मेलामा अन्य विभिन्न खेल तमासाहरु र स्टलहरु समेत राखिने भएको छ ।