
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपालको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।
मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतमा अर्धशतक गरेका हुन् । आरिफ शेखसँग फराकिलो साझेदारी गर्ने क्रममा अर्धशतक गरेका हुन् ।
७.२ ओभरमा ४ विकेट गुमाएर ६४ रन मात्रै जोडेको नेपालका लागि मल्ल र शेखले १६.१ ओभरमा ८४ रनको साझेदारी गरेका छन् ।