२०८२ जेठ ४, शनिवार , ०४:४७:४९ बजे

Sajhamanch
'

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

शुक्रवार, फागुन १८, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलन लगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।

१४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल  अनुपस्थित भए ।

संसद् बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अब संसद चल्न नसक्ने बताए ।

दुवै दलका सांसदहरु आ-आफ्नो स्थानमा उभिएपछि सभामुख घिमिरले मिति नै तोकेर २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।

सम्बन्धित खबर