![](https://sajhamanch.com/wp-content/uploads/2024/02/nepal_Nedarland-1709104634.jpg)
काठमाण्डौ । टी–२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन् ।
नेदरल्यान्ड्स र नामिबिया आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन् । नेपाल पहिलो खेलमा अस्ति नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा हिजो नेदरल्यान्ड्ससँग दुई रनले हारेको थियो ।
यसअघि लिग–२ अन्तर्गत भएका चार खेलमध्ये नेपाल दुई वटा खेलमा नामिबियासँग हारेको थियो । त्यस्तै एउटा खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने एउटा खेलमा हार ब्यहोरेको थियो ।