
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मंगलबार दिउँसो साढे १ बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा बिजुलीको पोल ढल्दा लागेर घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।