२०८२ असार ५, बिहिवार , ०१:४७:४८ बजे

Sajhamanch
'

पूर्वसभामुख ढुंगानालाई प्रहरीले संसद् भवन छिर्न नदिएपछि…

मङ्गलवार, फागुन १५, २०८०

काठमाडौं । कार्यक्रमको स्थानबारे अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद् भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् ।
मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रूपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो ।

तर, ढुंगाना कार्यक्रम संसद् भवनमा हुने ठानेर बानेश्वर पुगे । नयाँ बानेश्वर पुगेपछि प्रहरीले उनलाई भित्र छिर्न दिएन ।
प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउदिनँ भन्ने महसुस भएको उनको भनाइ छ ।

उनले अघिल्लोपटक संसद् विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको उनको भनाइ छ ।

उनले तेस्रोपटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताए ।

सिंहदरबारस्थित कार्यक्रममा पुगेर सम्बोधन गर्ने क्रममा उनले भने, संसद् भवनामा प्रवेश नै पाइनँ मैले । पहिले त म मुद्दामा मात्रै परेँ । यसपालि त पक्राउ नै परेँ जस्तो लाग्यो मलाई । अब तेस्रोचोटि के हुन्छ ? थाहा छैन ।
सोमबार प्रतिनिधिसभा बैठक चलिरहेको बेलामा लघुवित्त ऋणीहरू संसद् भवन प्रवेश गरेर नाराबाजी गरेसँगै संघीय संसद् भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मङ्गलवार, फागुन १५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर