२०८२ जेठ ४, शनिवार , ०७:४४:५७ बजे

Sajhamanch
'

इलाममा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलवार, फागुन १५, २०८०


काठमाडौं । इलामको सूर्योदय नगरपालिका–११, तिनघरे बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १६३० नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई सोमबार ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बोमबहादुर लुंगेली मगर रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा बी एन्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मङ्गलवार, फागुन १५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर