
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । कप्तान रोहितकुमार पौडेलले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए । विवेकले बाउन्ड्री लाइन नजिकै ड्राइभ हानेर उत्कृष्ट क्याच लिए ।
कोट्जेले आउट हुनुअघि ९ बलमा ११ रन बनाए । नामिबियाको स्कोर ४९ रन छ ।
यसअघि करण केसीले माइकल भान लिंगेनलाई आउट गरेका थिए । आउट हुनुअघि लिंगेनले १९ बलमा २० रन बनाए ।