२०८१ कार्तिक ३०, शुक्रवार , ०१:१५:०८ बजे

Sajhamanch
'

संसद् भवनमै प्रवेश गरे लघुवित्तका ऋणीहरु

सोमवार, फागुन १४, २०८०

काठमाडौं । लघुवित्तबाट ऋण लिएकाहरु संसद् भवन परिसरमै प्रवेश गरेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु परिसरमै नाराबाजी गर्न पुगेका हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास विना जान दिइँदैन ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् ।

सम्बन्धित खबर