
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा हुने आजको खेल अहिले बिहान ९ः३० बजे सुरु हुनेछ।
आजको खेलमा नेदरल्यान्ड्समाथि जित हात पार्दै नामिबिया आफ्नो हारको बदला लिने लक्ष्यसहित मैदान उत्रने छ भने नेदरल्यान्ड्स पनि आजको खेलमा जित्दै आफ्नो स्थान कायम राख्न चाहन्छ। यसअघिको खेलमा नामिबिया नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएको थियो।
हालसम्म प्रतियोगितामा नेपालले १ मा जित १ मा पराजित, नामिबियाले २ मा जित र १ मा पराजित भएको छ भने नेदरल्यान्ड्सले पनि १ मा जित र १ मा पराजित भएको छ।