![](https://sajhamanch.com/wp-content/uploads/2024/02/Prachanda-Bidhan-Sammelan-1024x682-1-e1707995225645.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबारबाट सुरु सत्तारुढ माओवादी केन्द्र०को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको हो ।बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने कार्यक्रम छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।