२०८१ फागुन १३, मङ्गलवार , १०:५४:४२ बजे

Sajhamanch
'

इराकको पोष्टमा सावित्राको पाँच गोल

शुक्रवार, फागुन ११, २०८०

काठमाडौँ । सावित्रा भण्डारी ‘साम्बा’ को पाँच गोलमा नेपालले इराकविरुद्धको खेलमा प्रभावशाली जित हासिल छ।

पश्चिम एसियाली फुटबल एसोसिएसन ९वाफ० च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको खेलमा नेपाली महिला टोलीले इराकमाथि ५-० को सहज जित हात पारेको हो।

इराकविरुद्ध नेपालकी फरवार्ड सावित्राले उत्कृष्ट प्रदर्शन गरिन्। उनले नेपालको जितमा ५ गोल गरिन्।

खेलको १३ औं मिनेटमा सावित्राले नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। त्यसको दुई मिनेटमै सावित्राले नेपालको अग्रता दोब्बर पारिन्। खेलको ३६ औं मिनेटमा सावित्राले ह्याट्रिक गरेकी थिइन्। पहिलो हाफ सकिन एक मिनेट अघि उनले नेपालका लागि चौथो गोल गरिन्।

खेलको ८० औं मिनेटमा पुन गोल गर्दै सावित्राले नेपाललाई ५–० को शानदार जित दिलाइन्।

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो। सो खेलमा समेत सावित्राले एक गोल गरेकी थिइन्।

सम्बन्धित खबर