२०८१ माघ २६, शनिवार , ०४:०५:४२ बजे

Sajhamanch
'

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग खेल्दै

बिहिवार, फागुन १०, २०८०

काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ ।इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ ।समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७।४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गरेको थियो । उता इराक भने फ्नो पहिलो खेलमा प्यालेस्टाइनसँग ३(० ले पराजित रहेको थियो ।आजै समूह बी को अर्को खेलमा सिरिया प्यालेस्टाइनबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र प्यालेस्टाइन दुवै आज विजयी भए एक खेल बाँकी छँदै सेमिफाइनल पुग्नेछन् । नेपालले समूहको अन्तिम खेल शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।समूह ए बाट साविक विजेता जोर्डन र लेवनान लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेका छन् । बुधबार भएको खेलमा जोर्डनले ग्वामलाई ३(० र लेवनानले साउदी अरेबियालाई ३(२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।अब शुक्रबार लेवनान र जोर्डनबीच हुने खेलले समूह ए को शीर्ष स्थानमा रहने टिमको टुङ्गो लाग्नेछ ।

सम्बन्धित खबर