
काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।
मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।
साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।