२०८१ पौष २७, शनिवार , ०३:४१:५९ बजे

Sajhamanch
'

‘विश्वासको मत पाउनेमा ढुक्क छु’ : सरोजकुमार यादव

आइतवार, फागुन ६, २०८०

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री ले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जनमत पार्टीका दुई मन्त्रीले पद त्याग गरेर मधेस प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु पर्ने अवस्था सिर्जना भएको हो ।

यससँगै राष्ट्रिय सभाको निर्वाचनपछि सत्ता गठबन्धनमा दुई वटा चर्चाले ठाउँ पाएका छन्– राष्ट्रिय सभाको अध्यक्ष र मधेस प्रदेश सरकार परिवर्तन । यही कारण जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार दबाबमा छ भने कुरा जनकपुरस्थित मधेस भवनको चहलपहलले देखाउँछ । मुख्यमन्त्री सरोज यादवको निवासमा पनि त्यस्तै चहलपहल भइरहेको छ ।

नयाँ मुख्यमन्त्रीका दाबेदारका रूपमा काँग्रेसका मधेस प्रदेश सभापति एवं प्रदेश सभा सदस्य कृष्ण यादव प्रस्तुत भइरहेका छन् । ‘यसबारे निर्णय लिने अधिकार सत्ता गठबन्धनसँग छ, त्यहाँ (माथि) बाट जे निर्देशन आउँछ हामी त्यही गर्छौ, एउटा कुरा के सही हो भने जनता यो सरकारको पर्फरमेन्सप्रति सन्तुष्टि छैन’ उनी भन्छन् । यादव मधेस प्रदेशका वर्तमान मन्त्री पनि हुन ।

सम्बन्धित खबर