
काठमाडौं । सोमपाल कामीले एकै ओभरमा नामिबियाको २ विकेट लिएका छन् । २१ औं ओभरको तेस्रो र अन्तिम बलमा उनले विकेट लिएका हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २१ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ८२ रन बनाएको छ ।
२०.३ ओभरमा सोमपालले जेरार्ड एराम्ससलाई पवन सर्राफको हातबाट क्याच आउट गराए भने अन्तिम बलमा जान फ्रिलिंकलाई कुशल भुर्तेलको हातबाट क्यान आउट नै गराए । यसअघि ललित राजवंशीले दुई विकेट लिएका थिए ।