२०८२ जेठ ९, बिहिवार , ०७:३४:२७ बजे

Sajhamanch
'

धनुषामा बसको ठक्करबाट युवकको मृत्यु

बिहिवार, माघ २५, २०८०

धनुषा । धनुषामा विद्यालयको बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहागनरपालिका–२३, बेलापुरस्थित जनकपुरधामको श्रीराम स्कुलको बसले आज ठक्कर दिँदा एक भारतीय नागरिकको ज्यान गएको हो ।

धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माका अनुसार बा२प ७६० नं को बसले साइकलयात्री भारतको मधुवनी जिल्लाका हाल जनकपुरमा ससुरालीमा बस्दै आएका २७ वर्षीय ममताज कवारीलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदा बाटोमै मृत्यु भएको हो ।

बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का रामजस मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर