२०८२ वैशाख १९, शुक्रवार , ०७:५०:१७ बजे

Sajhamanch
'

कीर्तिपुर मैदानमा घम्साघम्सीको स्थिति

बिहिवार, माघ २५, २०८०

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेका थिए । प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केही बेर घम्साघम्सीको स्थिति बनेको थियो ।

त्यसपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाएका दुईजनालाई नियन्त्रणमा लिएको हो । घम्साघम्सीका कारण खेल केही बेर अवरुद्ध बनेको थियो ।

सम्बन्धित खबर