२०८२ जेठ ९, बिहिवार , ०८:११:०९ बजे

Sajhamanch
'

राष्ट्रिय समन्वय परिषद् बैठक : बाँदर नियन्त्रण गर्न बेग्लै कानुनको माग

बुधवार, माघ २४, २०८०

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठकमा परिषद्का सदस्य एवम् गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधिले स्थानीय समस्या र समाधानका लागि विभिन्न ११ वटा माग अघि सारेका छन् । महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय सरकारहरूको तर्फबाट आफ्ना धारणा र माग राख्ने क्रममा ग्रामीण क्षेत्रमा वन्यजन्तु (बाँदर-बँदेल-दुम्सी लगायत) बाट बालीनालीको क्षतिका कारण नागरिक बसाई सर्न बाध्य भएको बताएका छन् ।

साथै उनले वन्यजन्तुका कारण किसानहरू कृषि पेशाबाटै पलायन हुने क्रम तीव्र भइरहेको भन्दै समन्वय परिषद् बैठकमा गम्भीर समीक्षा गर्न र त्यससम्बन्धी बेग्लै सङ्घीय कानुनको माग गरेका छन् ।

‘वन्यजन्तु (बाँदररबँदेलरदुम्सी लगायत) नियन्त्रण एवम् व्यवस्थापन सम्बन्धी बेग्लै सङ्घीय कानुनको आवश्यकता देखिएको छ’, अध्यक्ष पाण्डेले भनेका छन्,‘नेपाल सरकारले हालै मात्र बँदेल नियन्त्रण सम्बन्धमा राजपत्रमा प्रकाशित सूचनाले केही सकारात्मक सन्देश गएको छ । तर बाँदर नियन्त्रण अहिलेको सबैभन्दा ठुलो चुनौती बनेर आएको छ । यसमा तीन तहकै सरकारको एकीकृत शक्ति आवश्यक छ ।’

सम्बन्धित खबर