२०८२ जेठ १०, शुक्रवार , ०९:२१:४५ बजे

Sajhamanch
'

राष्ट्रिय सभाको संसदीय क्यालेन्डर कार्यव्यवस्था परामर्श समितिबाट स्वीकृत

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । राष्ट्रिय सभाको आगामी हिउँदे अधिबेशनका लागि २०८० माघ र फागुन महिनाको संभावित कार्यतालिका स्वीकृत भएको छ ।

आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले महिनाको संभावित कार्यतालिका स्वीकृत गरेको हो ।

बैठकले संसदको अधिबेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्व जानकारी गराएमा कार्यतालिका बनाउन सहज हुने निष्कर्ष पनि निकालेको छ ।

संसदको आउने अधिबेशनमा सरकारले कतिवटा, के कस्ता बिद्येयक दर्ता गराउने हो सो बिषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विद्येयक फिर्ता लिने वा अगाडी बढाउने हो भन्ने बिषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।