२०८२ जेठ १०, शुक्रवार , ०८:२४:३४ बजे

Sajhamanch
'

नेप्से २१.६७ अंकले घट्यो

बुधवार, माघ १७, २०८०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २१.६७ अंकले घटेको छ ।

आज नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।

यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर