२०८२ जेठ १०, शनिवार , ११:२८:०७ बजे

Sajhamanch
'

न्यायाधीश मरासेनीको निधनमा वाग्मती प्रदेशका सबै अदालत बन्द

बुधवार, माघ १७, २०८०

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज वाग्मती प्रदेशका उच्च र जिल्ला अदालतमा बिदा दिइएको छ ।

मंगलबार न्यायाधीश मरासेनी घरमै बेहोस भएका थिए । उनलाई अस्पताल पुर्‍याएको केही समयमा नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

न्यायाधीश मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय भएको उच्च अदालत पाटनको सूचनामा भनिएको छ ।

सम्बन्धित खबर