२०८२ जेठ ११, शनिवार , १२:२६:५० बजे

Sajhamanch
'

ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

सोमवार, माघ १५, २०८०

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् ।

एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले बताए ।

लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।

मृत्युको कारण खुलिसकेको छैन ।

सम्बन्धित खबर