२०८१ माघ ६, आइतवार , ०८:१४:३८ बजे

Sajhamanch
'

आदिबासी जनजाति महासंघ शिवसताक्षीको अध्यक्षमा तुम्बापो सर्वसम्मत

आइतवार, माघ १४, २०८०

शिवसताक्षी । नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ शिवसताक्षीको अध्यक्षमा देवीप्रसाद तुम्बापो (दर्शन) सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको दूधेमा भएको नेपाली कांग्रेसको भातृ संस्था आदिबासी जनजाति महासंघको प्रथम अधिवेशनबाट तुम्बापो सर्वसम्मत चयन भएका हुन ।

त्यस्तै अधिवेशनबाट उपाध्यक्षद्वय देउकुमार आङदम्बे, विमला सुब्बा, सचिवद्वय रामचन्द्र राई, मंगलसिंह राजवंशी, सह–सचिवद्वय दुर्गा ताजपुरिया, सन्तकुमार राई चयन भएका छन् । सदस्यहरुमा पवित्रा ताजपुरिया, ज्ञानबहादुर राजवंशी, मुना सुनुवार, इन्द्रकुमारी गुरुङ्ग, सावित्रा फ्याक, राम धनु मुर्मू, लालबहादुर फागो सर्वसम्मत चयन भएको नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले जनाएको छ ।

अधिवेशन नेपाली कांग्रेस जिल्ला सह सचिव कमल भण्डारीको प्रमुख आथित्यमा भएको थियो । अधिवेशनमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ जिल्ला अध्यक्ष दिलकुमार नेम्वाङ्ग, महा समिति सदस्य भक्तीप्रसाद सिटौला, मचिन्द्रनाथ सेर्मा, खड्कबहादुर कार्की, पर्शुराम ढुंगानालगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम नगर सभापति अशोक बस्नेतको सभापतित्वमा भएको थियो भने, स्वागत उपसभापति सन्तकुमार फेउदिन र सञ्चालन सचिव होम दुलालले गरेका थिए।

आइतवार, माघ १४, २०८० | राजनीति

सम्बन्धित खबर