२०८१ फागुन १४, बुधवार , ०४:०१:२६ बजे

Sajhamanch
'

अफगानिस्ताविरुद्ध नेपाललाई लगातार दोस्रो सफलता

शुक्रवार, माघ १२, २०८०

काठमाडौँ । यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध लगातार दोस्रो सफलता हासिल गरेको छ।

दक्षिण अफ्रिकाको बुफेलो पार्क इन्ट लन्डनमा टस हारेर पहिले फिल्डिङ्ग गर्ने मौका पाएको नेपालले २ ओभरको खेल सकिँदा अफगानिस्तानको २ विकेट आउट गरेको छ।

नेपालका लागि गुलशन झा र आकाश चन्दले एक एक विकेट लिएका हुन्। गुलशन झाको बलममा दिपक डुम्रेले नुमन शाहलाई आउट गरेका छन् भने आकाश चन्दको बलमा विपिन रावलले खालिद तनिवाललाई आउट गरेका हुन्।

अफगानिस्तानले हालसम्म २ ओभरको खेल सकिँदा ३ रन मात्रै बनाउन सकेको छ।