२०८२ साउन १०, शनिवार , १०:१४:२८ बजे

Sajhamanch
'

लुम्बिनीमा ११ बजेसम्म १२२ जनाले गरे मतदान

बिहिवार, माघ ११, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ ।

लुम्बिनी प्रदेशमा बिहान ११ बजेसम्म प्रदेशसभाका ३६ र स्थानीय तहका ८६ जनाले मतदान गरेका दाङस्थित प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिका प्रमुख/उपप्रमुख गरी १२२ जनाले मत खसालेका हुन् । लुम्बिनीमा कुल ३०५ मतदाता छन् ।

यहाँ दुई पदका निम्ति ६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सम्बन्धित खबर