२०८२ जेठ १५, बिहिवार , ०१:५५:१७ बजे

Sajhamanch
'

दश अंकले घट्यो नेप्से, तीन अर्ब ८९ करोडको कारोबार

बुधवार, माघ १०, २०८०

काठमाडौं । नेप्से परिसूचक दश अंकले घटेको छ । बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको हो ।

नेप्सेमा कारोबार रकम समेत घटेको छ । एक करोड १० लाख ४९ हजार ९४९ सेयर तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बजार घट्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ । ८० कम्पनीको सेयर मूल्य बढ्दा १४ को स्थिर छ ।

चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये बैंकिङ र म्युच्युअल फन्ड समूहको परिसूचक मात्रै बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

सम्बन्धित खबर