२०८२ जेठ १५, बिहिवार , ०२:१८:५१ बजे

Sajhamanch
'

भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्कियो, एकजनाको मृत्यु

बुधवार, माघ १०, २०८०

काठमाडौं । भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका–१, चुनदेवी आकाशे पुलनजिक सवारी ठोक्किएको हो ।

सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२२ प ८७३२ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ गइरहेको वाग्मती प्र ०२–०२१ प ९०३२ नम्बरको स्कुटर ठोक्किएको थियो ।

सोही दुर्घटनामा परी मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक नगरपालिका–६ का २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।

स्कुटर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उनलाई प्रहरी वृत्त जगती भक्तपुर राखिएको छ ।

सम्बन्धित खबर