२०८२ जेठ १५, बिहिवार , ०२:११:१४ बजे

Sajhamanch
'

जिप दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

बुधवार, माघ १०, २०८०

पोखरा । पोखरामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

पोखरा महानगरपालिका १८ स्थित चिसाखोला नजिक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पोखरा १८ ग्यारजाती बस्ने ४९ वर्षका कृष्णबहादुर थापाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिपमा सवार ६९ वर्षकी हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापाको उपचार भइरहेको छ । घाइते दुवैलाई टाउको र ढाडमा चोट लागेको छ ।

बुधबार बिहान मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको दूध बोक्ने सिंगल क्याप बोलेरो नियन्त्रण गुमेपछि सडकबाट २० फिट तल खसेको थियो ।

सम्बन्धित खबर