२०८२ जेठ २५, आइतवार , ०८:०८:०४ बजे

Sajhamanch
'

टुँडिखेलको माघी मेलामा च्यापिएर १६ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

मङ्गलवार, माघ २, २०८०

काठमाडौ। टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् ।

माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा टुँडिखेलमा लागेको मेलामा उनीहरू च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र बाँकी १० जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू

१ जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं। ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।

२जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।

३जिल्ला संखुवाशभा म्यादी नगरपालिका-४ घर भई काठमाडौं जिल्ला मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ (निधार,बाँया कुम र दुवै खुट्टामा चोट बोल्न सक्ने )।

४जिल्ला ललितपुर ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल (बाँया गालामा चोट अवस्था बोल्न सक्ने)।

५ जिल्ला दोलखा आरुघाट गाउपालिका वडा नं- ८ घर भई हाल का।जि। चौमती बस्ने वर्ष ११ की युनिका बराल(सामान्य )।

६ जिल्ला उदयपुर रौतामाई गाउपालिका -८ घर भई हाल का.जि मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर (अनुहार र ढाडमा चोट बोल्न सक्ने )।

डिस्चार्ज भएकाहरू

जिल्ला खोटाङ हलेशी तुवाचुङ नगरपालिका वडा नं। १० घर भई हाल ललितपुर पाटन ढोका बस्ने वर्ष १२ को त्रिसना मगर (टाउकोमा चोट बोल्न सक्ने)।

जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर जिल्ला चामुण्डा बस्ने वर्ष १२ की अन्जना तामाङ (निधारमा चोट बोल्न सक्ने)।

जिल्ला धनकुटा घर भई हाल ललितपुर जिल्ला चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर (अनुहारमा चोट बोल्न सक्ने)।

जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं। १ घर भई हाल काठमाडौं जिल्ला नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी (पेटमा चोट बोल्न सक्ने)।

जिल्ला प्युठान खलङगा गाउँपालिका वडा नं। ४ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १६ की अनिसा के।सी। (दाहिने हातमा चोट बोल्न सक्ने)।

जिल्ला कैलाली भजनिया नगपालिका वडा नं। ३ घर भई हाल ललितपुर भैसेपाटी बस्ने वर्ष २५ की कल्पना चौधरी (टाउकोमा चोट बोल्न सक्ने)।

जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं। ३ घर भई हाल काठमाडौं जिल्ला बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत (बाया खुट्टा र कानमा चोट बोल्न सक्ने)।

जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं। २२ बस्ने वर्ष ४० की मिना थापा (बेहोस अवस्थामा ल्याएको हाल बोल्न सक्ने)।

जिल्ला रोल्पा घर भई हाल कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्र।ज। पृथ्वी बुढामगर (बाँया खुट्टामा चोट बोल्न सक्ने) ।

जिल्ला पाल्पा तानसेन नगरपालिका वडा नं। १४ घर भई हाल का।जि। लैनचौर बस्ने वर्ष २५ की निशा राना थापा (दुवै खुट्टामा सामन्य चोट बोल्न सक्ने ।

सम्बन्धित खबर