२०८१ फागुन १४, बुधवार , ०३:५६:३७ बजे

Sajhamanch
'

यू–१९ क्रिकेट विश्वकप : आईसीसीको ‘प्लेयर्स टु वाच’मा चार नेपाली खेलाडी

आइतवार, पौष २९, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनवरी १९ देखि सुरु हुने यू–१९ विश्वकपमा नेपालका चार खेलाडीलाई ‘प्लेयर्स टु वाच’मा समेटेको छ ।

आइतबार आईसीसीले सार्वजनिक गरेको सबै देशका चम्कन सक्ने खेलाडीको सूचीमा नेपालबाट कप्तान देव खनाल, गुल्सनकुमार झा, अर्जुन कुमाल र दुर्गेश थापा छन् । अलराउन्डर गुल्सन र देवले नेपाली सिनियर राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । ओपनर अर्जुन कुमाल र लेफ्ट आर्म सिमर दुर्गेश थापा युवा टोलीका चर्चित अनुहार हुन् ।

यही जनवरी १९ देखि सुरु हुने प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।

नेपालले जनवरी २१ मा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।