२०८२ जेठ २५, आइतवार , ०२:०२:४५ बजे

Sajhamanch
'

राष्ट्रियसभा निर्वाचन : राप्रपाका थापाले लिए उमेदवारी फिर्ता

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरन्जनकुमार थापाले उमेदवारी फिर्ता लिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उमेदवारी फिर्ता लिएका हुन् । लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता भएको थियो ।

थापाले उमेदवारी फिर्ता लिएपछि ६ जनाको उमेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर