२०८२ जेठ २५, आइतवार , ०५:५९:०५ बजे

Sajhamanch
'

मकवानपुरमा टिपर पल्टँदा चालकको मृत्यु

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे गढी गाउँपालिका–१, बाँदरखोल्सीनजिक भित्री सडकखण्डमा बा.प्र–०३–००१ख१४८९ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा मकवानपुरकै हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उक्त टिपर सडकदेखि करिब १५० मिटर तल खसेको थियो । दुर्घटनामा चालक पाख्रिन गम्भीर घाइते भएका थिए । उपचारका निम्ति उनलाई हेटौँडा अस्पतालमा पठाइएको थियो ।

उपचारका क्रममा शुक्रबार बिहान २ बजेर १२ मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर