२०८१ फागुन १४, बुधवार , ०३:११:०८ बजे

Sajhamanch
'

राष्ट्रिय ब्याडमिन्टन : एपिएफका प्रिन्स र पुलिसका विष्णु क्वार्टरफाइनलमा

शुक्रवार, पौष २७, २०८०

काठमाडौं । एपीएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

दाहालले एपीएफकै सुजन थापालाई २१–११, २१–१० ले र कटुवालले स्पोर्टस हबका सुनिल कार्कीलाई २१–७, २५– २३ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम आठमा प्रवेश गर्नेक्रममा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१–११, १७–२१, २१–१४, आर्मीका कविर केसीले पुलिसका जीवन आचार्यलाई २१–९, १७–२१, २१–१६, एपीएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१–११, २१–१२, एपीएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१–१६, २४–२२, आर्मीका प्रफुल महर्जनले एपीएफका भोजबहादुर गुरुङलाई २१–१८, २१–१५, नखिपोटका विवेक चौधरीले एपीएफका विजित थापा मगरलाई २३–२१, २१–१३ ले पराजित गरे ।
आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको महिला एकलतर्फ नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले पनि अन्तिम ८ मा स्थान बनाइन् । लम्सालले एपीएफकी रिना तामाङलाई २१–१०, २१–१२ र गिरीले एपीएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गरेकी हुन् ।

यस्तै, आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१–१०, २१–११, कस्तुरी कलेजकी सिमा राजबंशीले आर्मीकी बिस्ना बिष्टलाई २१–१४, २१–१२, एपीएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१–७, २१–१५, आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१–१३, २१– ८ र आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

शीर्ष २० वरीयता बाहेकको पुरुष युगलतर्फको खेलमा युनिटीका अनिष गुरुङ र प्रमिश श्रेष्ठको जोडी, देवी नगर का हेमन्त ऐर र बविश थापाको जोडी, एपीएफका भोजबहादुर गुरुङ र सन्तोष पनेरुको जोडी, नवलपुरका अक्षय क्षेत्री र चितवनका बिद्धवान गुरुङको जोडी, आकाश जोशी र रमेश ठकुरीको जोडी, स्पोर्टस् हवका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडी, धादिङका एल। ठकुरी र देवी नगरका आर। ठकुरीको जोडी, एपीएफका विशाल प्रधान र सुजन थापाको जोडी तथा स्पोर्टस हबका सुनिल कार्की र विशाल तामाको जोडी पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएका छन् ।