२०८२ जेठ २५, आइतवार , ०४:३७:०३ बजे

Sajhamanch
'

गौशाला–२६ को तस्बिर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित

बिहिवार, पौष २६, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)ले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला–२६ को तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै एक कार्यकर्तालाई निलम्बन गरेको छ ।

प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको रास्वपाले जनाएको छ ।

सापकोटाले सामाजिक सञ्जाल (एक्स)मा पीडितको तस्बिर पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए ।

रास्वपाले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै पदीय जिम्मेवारीबाट निलम्बन गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

सम्बन्धित खबर