२०८२ असार २४, मङ्गलवार , ०४:५५:५७ बजे

Sajhamanch
'

१ सयमाथि पुगेको नेप्से २०८९ मा रोकियो, बैंकिङ र लघुवित्तमा आकर्षण

बुधवार, पौष २५, २०८०

काठमाडौं । बुधबार सेयर बजारमा उच्च उतारचढाव देखिएको छ । मंगलबार २०८० विन्दुमा बन्द भएको सेयर बजार बुधबार कारोबार सुरु भएको ४५ मिनेटमै २११६ विन्दुसम्म पुगेको थियो । त्यसपछि भने बजार केही ओरालो लाग्यो । यद्यपि अघिल्लो दिनको तुलनामा ९.५ अंक बढेरै बजार बन्द भएको छ ।

बुधबारको कारोबारपछि नेप्से परिसूचक २०८९ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही घटेको छ । मंगलबार ६ अर्ब ११ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब १३ करोडमा खुम्चियो ।

११८ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन बैंकिङ क्षेत्रमा सुधार देखिएको छ । सो समूह १.१२ प्रतिशतले बढेको छ । बैंकिङका अलवा उत्पादन १.१२, माइक्रोफाइनान्स १, अन्य २.२ र व्यापार उपसमूह ०.०१ प्रतिशत बढे । बाँकी सबै समूह १ प्रतिशतभन्दा तल झरेका छन् । विकास बैंक ०.४७, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.८४, जलविद्युत् ०.५०, लगानी ०.६३, जीवन बीमा ०.२५ प्रतिशत बढे ।

हिमालयन रिइन्स्योरेन्स सहित ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र ङादी ग्रुप पावरको मूल्य १० प्रतिशत बढ्यो । उन्नती सहकार्यको ९, मानुसी लघुवित्तको ८, सोनापुर सिमेन्टको ६.९ प्रतिशत मूल्य बढ्यो । छिमेक लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशत घट्यो ।

अपरहेवाखोला, मायाखोला, नेपाल हाइड्रो डेभलपर्स र हिमालयन पावर पार्टनरको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ङादी ग्रुप, हाथवे इन्भेस्टमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी क्रमशः अगाडि रहे ।

सम्बन्धित खबर